समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

  शीतलपाटीन्युज डटकम | १८ कार्तिक २०७९, शुक्रबार १२:४२

काठमाडौं- देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थायी घर भई काठमाडौं महानगरपालिका–१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल पहिचान नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

कास्कीको पोखरा महानगरपालिका–१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका–१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्वको मध्य बिन्दु नगरपालिका–१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका–६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ