समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

  शीतलपाटीन्युज डटकम | २१ कार्तिक २०७९, सोमबार १६:५२

भरतपुर- नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ ।

भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो ।

मतदान स्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । “यसअघिका निर्वाचन अपाङ्गता मैत्री हुन सकेको छैन ।

अहिलेको निर्वाचनमा मतदान स्थलमा ह्विलचियर जान मिल्ने व्यवस्था गर्नुपर्दछ, दृष्टिविहीनका लागि दृष्टिविहीन मैत्री निर्वाचन क्षेत्र र न्यून दृष्टिविहीन भएकाहरूलाई ठूलो आकारको मतपत्रसँगै उज्यालो ठाउँमा मत सङ्केत गर्ने व्यवस्था हुनुपर्दछ”, उनले भने, “सुस्तश्रवणहरुका लागि निर्वाचन आयोगले बनाएको नियमानुसार दोभासेको व्यवस्था गरी पहुँचयुक्त मैत्री निर्वाचन गरिनुपर्दछ ।” निर्वाचन आयोग तथा राजनीतिक दलहरू पनि यसतर्फ सचेत हुनुपर्ने उनले बताए ।

अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन र अपाङ्ग मैत्री निर्वाचन गराउन नेत्रहीन युवा सङ्घले चितवनमा विभिन्न कार्यक्रम गरी दबाब दिइरहेको छ ।

राजनीतिक दलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच र सहभागिताका लागि जिल्लाका सक्रिय राजनीतिक दललाई ज्ञापन पत्र बुझाएको संस्थाका सचिव किरण पन्तले जानकारी दिए । उनका अनुसार, मतदान स्थललाई अपाङ्गता मैत्री बनाउन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराइएको छ ।

पर्यवेयक्षकका रूपमा अपाङ्गता भएका व्यक्तिको सहभागिता गराउन कास्की, रुपन्देही र चितवनका ३३ जनालाई प्रशिक्षण दिइएको पन्तले जानकारी दिए । तालिम प्राप्त २५ जना प्रशिक्षकमार्फत अपाङ्गता भएका व्यक्ति तीन सय २५ घरधुरीका एक हजार पाँच सयभन्दा बढीलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा नमुना मतदान गरिएको उनले जानकारी दिए ।

नमुना मतदानमा शत प्रतिशत मत सदर भएका थिए । यस्ता कार्यक्रमले निर्वाचनबारे सकारात्मक सन्देश जाने र मतको सही सदुपयोग हुने विश्वास संस्थाले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ