समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

नेप्से सेयर बजार ६.४३ अंकले घट्यो 

  शीतलपाटीन्युज डटकम | २१ कार्तिक २०७९, सोमबार १७:२३

काठमाडौं- सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ । आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से सोमबार भने घटेको हो ।

सोमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रो फाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ । कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ