समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

डेङ्गुबाट संक्रमण हुनेको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्युु

  शीतलपाटीन्युज डटकम | २१ कार्तिक २०७९, सोमबार २१:५५

काठमाडौं– देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार २ सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् । यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६ सय ७२ पुगेको छ ।

काठमाडौं जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौंमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ