समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

  शीतलपाटीन्युज डटकम | २२ कार्तिक २०७९, मंगलवार १२:०५

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा  रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन्।

मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ,’ उनले भने।

केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बिनाको फुटबल खेल जस्तै भएको बताए । ‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बिनाको भइरहेको छ,’ उनले भने । संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवा जित नै अहिलेको आवश्यकता भएको महरले बताए।

‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन । २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाइ मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो । उहाँले न त सरकार जोगाउन सक्नु भयो न त पार्टी नै । उल्टै पटक–पटक संसदमाथि प्रहार गर्नुभयो,’ उनले भने । ओलीका कारण अन्योलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएर शान्तिपूर्ण रूपमा निर्वाचनको  वातावरण बनेको महरको भनाइ छ।

यी सबै कुराको मूल्यांङ्कन गर्दै अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न उनले जनतालाई आग्रह गरेका छन्। कांग्रेसले नेतृत्व गरिसकेपछि बिग्रिएको विदेश सम्बन्ध तथा परराष्ट्र नीतिमा समेत सुधार आएको महरले प्रष्ट पारे।

मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उम्मेदवार छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ