बाँके – खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सीधा सिंहदरबारसँग जोडेको बताएका छन्। मंगलबार राप्तीसोनारी गाउँपालिका-६ स्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सीधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।
`मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छु,´ मन्त्री अथकले भने, `मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।´
आफ्नो ५ वर्षे कार्यकालमा पटकपटक संसदमा बाँकेका समस्याहरू उठाएको स्मरण गर्दै बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, `बाँकेको पहुँच सीधै सिंहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु।´
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारिको विकास र परिवर्तनका लागि आफूले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफू कटिबद्ध भएर लागेको बताइन्।
प्रतिक्रिया