काठमाडौं- डोटी केन्द्रविन्दु भएर गएको शक्तिशालीमा परेर ६ जनाको मृत्यु भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ।
बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ।
डोटी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ६ जनाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा घर भत्किदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते रहेको बताइन्। उनका अनुसार एक बच्चाको सकुशल उद्धार गरिएको छ।
प्रतिक्रिया