काठमाडौं– भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको मृत्यु भएको छ। उनको हृदयघातका मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्कआउटको क्रममा हृदयघात भएको थियो। उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो। डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका गरे।
उनले कुसुम, कसौटी जिन्दगी की, कृष्ण अर्जुन, आसमान तक क्या दिल मे हे, गृहस्थी जस्ता थुप्रै टेलिशृंखलामा काम गरेका छन्। उनी अन्तिम पटक ‘जिद्दी दिल माने ना’ मा देखिएका थिए।
मुम्बईमा जन्मिएका सिद्धान्तले आफ्नो करिअरको सुरुआत मोडलिङबाट गरेका थिए। उनले सिरियल ‘कुसुम’ बाट टेलिभिजनमा डेब्यु गरेका हुन्।
प्रतिक्रिया