समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि

  शीतलपाटीन्युज डटकम | ३० कार्तिक २०७९, बुधबार १९:०१

काठमाडौं– सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३।४० अ‍ंकले वृद्धि हुँदै १९११।२६ विन्दुमा आएर रोकिएको छ । ९क० वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो ।

यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ र हिमालयन डिस्ट्रिलीको चार करोड १ लाख ९० हजार ७१६ रुपैयाँको कारोबार भएको छ । सिक्लेस हाइड्रो पावरमा १० प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था ७।७१ प्रतिशत र नारायणी विकास बैंक ५।५३ प्रतिशतले वृद्धि भएको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ८५ प्रतिशत र ट्रेडिङ इन्डेक्स १।२० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसूचक कम्पनीहरू वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक १।२७, हाइड्रोपावर १।१३ प्रतिशत, इन्भेष्टमेन्ट शून्य दशमलव ८७, फाइनान्स १।०१ र म्यानुफेक्चरिङ एण्ड प्रोसेसिङ शून्य दशमलव ८८ वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ