समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

निर्वाचनको तयारी पुरा भयो : निर्वाचन आयोग

  शीतलपाटीन्युज डटकम | १ मंसिर २०७९, बिहीबार १९:५५

काठमाडौं– निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

१० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीमा कायम राखेको हो । यस्तै प्रदेशसभाका लागी पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिक तर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ ।

आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधिसभा तथा प्रदेशसभाको ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र समानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तिम बन्द सुचीमा कायम गरिएको आयोगले जनाएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचित हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र समानुपातिकतर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विसवस्नीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुईवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्ता थालियाले बताए ।

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकताअनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरू प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरूमा आवश्यक छलफल गर्नेछन् ।

सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाई छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवस्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ