समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

आमनिर्वाचन सम्पन्न : देशभर कहाँ कहाँ चल्यो गोली ?

  शीतलपाटीन्युज डटकम | ४ मंसिर २०७९, आईतवार १७:४४

काठमाडौं– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ ।

केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ ।

जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, रौतहटको गुजरा–४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी–९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचोक गाउँपालिका–१ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ ।

गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका–१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ । कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ ।

स्दूरपश्चिम प्रदेशस्थित बाजु्रा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ । डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल २४ स्थानमा गोली चलेको छ ।

यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ