काठमाडौं– विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १–० ले पछि परेको जापानले पुनरागमन गरेको हो ।
जापानका लागि रिस्तु दोनाले ७५ औं मिनेटमा गोल गर्दै बराबरी दिलाए । ताकुमा सानोले ८३ औं मिनेटमा गोल गर्दै जापानलाई २–१ गोलको जित दिलाए । यसअघि जर्मनीका लागि खेलको ३३ औं मिनेटमा गुन्डिगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
आजको खेलमा जित निकाल्दै जापानले ३ अंक जोडेको छ ।
प्रतिक्रिया