समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

इतर पक्षबाट कांग्रेस संसदीय दलको उम्मेदवार गगन थापालाई बनाउने निर्णय

  शीतलपाटीन्युज डटकम | ५ पुष २०७९, मंगलवार १३:०८

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ ।

मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो ।

बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने बताए ।कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ