प्रचण्डले गरे प्रधानमन्त्रीका लागि दाबी पेस
शीतलपाटीन्युज डटकम | १० पुष २०७९, आईतवार १७:४७
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।
नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री बनाउन प्रचण्डको नाम प्रस्तावित भएको हो।
प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा १६६ को बहुमत पुग्ने भएको छ।

प्रतिक्रिया