काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )का अध्यक्ष रवि लामिछाने मन्त्री बन्ने भएका छन्। सो पार्टी लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हो। यद्यपि अहिले कुन मन्त्रालय लिने र लामिछानेबाहेक अन्य कोको मन्त्री बन्ने भन्ने टुंगो नलागेको रास्वपाका एक नेताले बताए।
‘अहिले अध्यक्ष रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भन्ने छ, अन्य विषय टुंगिन बाँकी छ,’ ती नेताले भने।
प्रवक्ता मुकुल ढकालले मन्त्री र मन्त्रालयको विषय बैठकबाट टुंगिने जानकारी दिए।
प्रतिक्रिया