काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया