समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

प्रचण्ड बिहीबार बालुवाटार सर्ने

  शीतलपाटीन्युज डटकम | १३ पुष २०७९, बुधबार १४:५४

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीबार) मात्रै बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छोडेसँगै आजै (बुधबार) बालुवाटार सर्ने तयारी थियो। तर आज सरसफाइ गरेर भोलि मात्रै सर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डलाई बालुवाटार सर्न ज्योतिषी टीकाराम घिमिरेले बुधबार साँझ ५ बजेको समय जुरेको जानकारी गराएका थिए। माओवादीका एक नेताका अनुसार प्रचण्ड आफैँले साइत हेर्न नलगाएको तर ज्योतिषीले भने साइत निकालेर सोही समयमा बालुवाटार आउन सुझाव दिएका थिए।

प्रचण्ड आज ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने नाटक ‘ज्ञानको चिहान’ को प्रिमियर शोमा सहभागी हुँदैछन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ