काठमाडौँ- नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो । उनको आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो।
‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।’
‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उहाँको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।
प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया