काठमाडौँ – बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।
लगत्तै स्थानीयले उद्दार गरी आमा छोरालाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याए पनि शिशुको उपचारको क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
उपचारत घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेकोले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
घटनापछि फरार बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया