काठमाडौं- अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेकी छन्।
आइतबार वासिङ्टन डीसीबाट सीधै नेपाल आएकी उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लागेकी हुन्।
उनले प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
काठमाडौँमा स्थित अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नेछिन्।
प्रतिक्रिया