काठमाडौँ- राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्ने भएको छ। दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तीन बुँदामा समेटिएको छ।
पहिलोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन २०७९’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
त्यपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची राखिएको छ।
प्रतिक्रिया