सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ ।
बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका एक नेताले बताए ।
सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको जनाइएको छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको ती नेताले बताए ।
प्रतिक्रिया