समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

यस्तो गाउँ जहाँ जनसंख्या बढ्दैन, घट्छ

  शीतलपाटीन्युज डटकम | १६ चैत्र २०७९, बिहीबार १०:३७

बागलुङ– दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।

सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो। पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो। तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ। प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसंख्यामा आएको गिरावट। २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्यांकले यस्तै देखाएको छ।

जैमिनीकै कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तीर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्। शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरू उतै बसेको उनले बताए।

रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसंख्या घट्दो छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसंख्या घटेको हो।

राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ। ऋणत्मक जनसंख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ।

‘जनसंख्या धेरै घटेको पाइएको छ,’ उपप्रमुख शर्मा भन्छन्। देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन्।

जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसंख्या घटेको बताए। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ