समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

सिक्किमको हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

  शीतलपाटीन्युज डटकम | २२ चैत्र २०७९, बुधबार ११:०९

काठमाडौँ– भारत सिक्किममा मंगलबारको हिमपहिरोमा परेर तीन नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। हिमपहिरोमा परेर ज्यान गुमाएका सात जनामध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो।

भारतीय सेनाले जारी गरेको विज्ञप्ति  अनुसार सो हिमपहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

घाइते भएका १३ जना मध्ये तीन जना नेपाली नागरिक रहेको जनाइएको छ। हिमपहिरोमा परी नेपालका तीन जना, भारतको उत्तर प्रदेशका दुई जना र पश्चिम बंगालका दुई जनाको ज्यान गएको हो।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्।

त्यसै गरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिएको मृत्यु भएको छ। घाइते भएका १३ जना मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ