समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

नेपाली बजारमा रेड्मी १२ सी सार्वजनिक, कति पर्छ मूल्य ?

  शीतलपाटीन्युज डटकम | २४ चैत्र २०७९, शुक्रबार ०७:४७

काठमाडौं– नेपाली बजारमा रेड्मी १२ सी सार्वजनिक भएको छ । शाओमीले रेड्मी १२ सी ल्याएको हो ।

कम्पनीका अनुसार रेड्मी १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन हो । यसलेले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सी स्मार्टफोनमा १२ सी मिडियाटेक हिलियो जी ८५ चिपसेटकासाथ साथै ५ हजार एमएएच ब्याट्री जडान गरिएको छ । १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । ६ं५ जीबीसम्म विस्तारित र्‍याम र १ टिबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सीले छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यस संगै मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गरिएको छ ।

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५ सय रुपैयाँ छुट पाउन सकिन्छ ।

रेड्मी १२ सी ३+३२ जीबी, ४+६४ जीबी, ६+१२८ जीबी गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ र यो फोनको मूल्य क्रमशः १३,४९९ ,१४,४९९ र १६,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ