समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

  शीतलपाटीन्युज डटकम | २४ चैत्र २०७९, शुक्रबार १०:५०

काठमाडौँ- कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गरिएको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्दै उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए।

गत चैत ५ मा विराटनगरमा आन्दोलन गर्दा लिम्बू घाइते भएका थिए। आन्दोलनमा घाइते उनको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

यसअघि लिम्बूको परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ दिने घोषणा गरेको थियो। यस्तै सो घटनाको छानबिन गर्न समित समेत बनेको छ।

फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ