समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

विश्वकै दुर्लभ रोग लागेका बालकको उपचार गर्न २८ करोड लाग्ने, आर्थिक सहयोगको अपिल

  शीतलपाटीन्युज डटकम | २५ चैत्र २०७९, शनिबार २१:५१

काठमाडौं– विश्वकै दुुर्लभ रोगबाट ग्रसित प्रणय केसीका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

२० महिने बालक प्रणयलाई इनल मस्कुलर एट्रोफी–टाइप २ रोग लागेको र उपचारका क्रममा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेका हुन्।

प्रणय केसीको उपचार न्यूू दिल्लीमा रहेको गंगाराम अस्पतालमा भइरहेको छ। स्पाइनल मस्कुलर एट्रोफीको उपचार गर्न २८ करोड भन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ। यस रोगको उपचार प्रणय केसी २ वर्षको हुँदासम्म गरी सक्नुपर्ने डक्टरहरूले बताएका छन् ।

६ महिनादेखि उपचार गर्दा सबै पैसा सकिएको र अब ४ महिना भित्र उपचार गरिसक्नुपर्ने भएकाले उनका परिवारले सबैमा अर्थिक सहयोगको अपिल गरेका हुन्।

के हो स्पाइनल मस्कुलर एट्रोफी ?

स्पाइनल मस्कुलर एट्रोफी एक भयानक दुर्लभ हो। यो रोगले मानिसको जीवनलाई एकदमै खतरामा पार्ने न्यूरो मस्कुलर वंशानुक्रमिक असन्तुलन हो।

स्पाइनल मस्कुलर एट्रोफी एक गतिशील रोग हो। यसले मांसपेशीहरूको गम्भीर कमजोरी निम्त्याउँछ । यो रोग लागेपछि अशक्तता, मेरुदण्डको स्कोलियोसिस र फोक्सोको कार्यमा बलगम्भीर रूपमा अवरोध उत्पन्न गरी स्वासप्रश्वासमा बाधा पैदा गर्दछ । त्यसैले यो रोग लागेपछि समयमा नै उपचार गर्नुपर्ने स्वास्थ्यविद्हरू बताउँछन्।

प्रणयको स्वास्थ्य अवस्थाबारे बुुझ्नको लागि ९८५१०६६३६९ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ। साथै आर्थिक सहयोगका लागि ग्लोबल आईएमई बैंकको खाता नम्बर २५७०७०१०१५४८३३  मा रकम जम्मा गर्न सकिन्छ। खाता प्रणय केसीको नाममा खोलिएको छ।

Bank : Global Ime Bank, Sankhamul
Account Number : 25707010154833
Account Holder Name : PRANAYA KC

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ