काठमाडौं– फागुन महिनामा मुद्रास्फीति ( महँगी) घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्थाअनुसार माघ महिनाको तुलनामा महँगी घटेको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत रहेको थियो ।
तर, गत वर्षको यसै अवधिको तुलनामा भने महँगी ०.३० प्रतिशतले बढेको छ । गत वर्ष फागुन महिनाको अवधिमा महँगी ७.१४ प्रतिशत रहेको थियो ।
फागुन महिनाको तथ्यांकअनुसार खाद्य तथा पेय प्रर्दाथमा ५.६४ र गैर–खाद्य तथा सेवामा ८.८७ प्रतिशत मुद्रास्फीति रहेको छ । फागुन महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ ।
यस्तै, २०७८ सालको फागुन महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रतिक्रिया