काठमाडौँ- दुवै मिर्र्गौला फेल भएका मुगु खत्याड गाउँपालिका वडा नः ४ पैखु २४ वर्षिय हरिलाल थापाले सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेका थापाको आर्थिक अवस्थाले मिगौला प्रत्यारोपण हुन सकेको छैन ।
पारिवारिक स्थिति कमजोर र दयनीय भएका थापाको थप उपचारका लागि मृर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकमको अभाव रहेको छ । आमा
उनको अहिले हप्ताको दुई दिन डायलाइसिस भइरहेको छ ।
आफ्नो छोराको जीवन बचाउन आमा बैसागी थापाले आफ्नो एउटा मृगौला छोरा लाई दिने तयार रहेकी छन् । तर मिगौला प्रत्यारोपणका लागि रकम अभावले गर्दा हुन सकेको छैन ।
“परिवार आफू लगायत इष्टमित्र र केही सहयोगी जोडजमा गरेको रकम उपचार को क्रममा सकियो” आमा वैशागीले भनिन–“मैले एउटा मिर्गौला छोरालाई दिने भनेको थिए । तर पैसा अभावले मेरो मिगौला छोरोमा प्रत्यारोपण गर्न सकेको छैन ।”
थापाको आर्थिक आयस्रो कहि कतै बाट नभएको, घरको आर्थिक अवस्था निकै नाजुक र निरन्तर एक वर्षदेखि काठमाडौंमा उपचार र बसाई ले गर्दा, हाल मृगौला प्रत्यारोपणका लागि आवश्यक प्रारम्भिक चेकजाँचपनि गर्न सकेका छैनन ।
आमा थापाले मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएकोले आफ्नो छोरोलाई बचाइदिन भन्दै आग्रह गरेकी छन् ।
हरिलाल थापाले सहयोगका लागि ९८६३१४५०१८ सम्पर्क गर्न र राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर ः ११७०१००६०३३२१०१० रकम जम्मा गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया