काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी नेत्री एवं अभिनेत्री एलिजा गौतमले सरकार भ्रष्टाचारको विषयमा निर्मम हुनैपर्ने बताएकी छन्। आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले देशको नेतृत्वमा रहेकाहरू भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने बताएकी हुन्।
‘पुराना र नयाँ सबै दलले इमानको राजनीति गर्नुपर्छ, जनतालाई शीरमा राखेर राजनीति गरिनुपर्छ,’ उनले लेखेकी छन्, ‘देश र जनताको हितभन्दा बाहिर जाने कसैले पनि कल्पना गर्नुहुन्न। राजनीति आफैंमा सेवा हो। यो मूल मर्मलाई आत्मसात् गरेर अघि बढ्नु नै सबैको हित हुन्छ।’
उनले देश र जनताको जीवनस्तर उकास्न विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्ने पनि बताइन्।
प्रतिक्रिया