समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया

  शीतलपाटीन्युज डटकम | ३१ आश्विन २०७९, सोमबार १४:२४

मुम्बई- रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिना पछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् ।

आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए । तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन् ।

आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन् । आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन् । उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन् ।

आलिया पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् । गत सेप्टेम्बरमा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उनी फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’मा पनि देखिँदै छन् । यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा अभिनय गर्दै छिन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ