समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

दिनदहाडै खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

  शीतलपाटीन्युज डटकम | १ मंसिर २०८०, शुक्रबार १७:०३

काठमाण्डौ-बानेश्वरमा दिनदाहाडै खुकुरी प्रहार गरी फरार रहेका तीन ब्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कात्तिक २२ गते काठमाण्डौ-१० बानेश्वर स्थित आई प्लेक्स मल नजिकै नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेश कमिटी सदस्य, अखिल नेपाल खेलकुद महासंघको उपाध्यक्ष तथा नेपाल उसु महासंघको केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाउने बाँके कोहलपुर-१० चटार बस्ने बर्ष २४ को शेर बहादुर थारु  कोहलपुर -१ कौशिला नगर बस्ने बर्ष २६ को आशिष लामिछने मगर र झापा मेचि -८ मेचे गाँउ बस्ने बर्ष ३४ को कैलास भन्ने टेक बहादुर प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा फरार रहेका तीन जानालाई घटना पश्चात सीमावर्ती इलाकामा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट खटिएको टोलिले पशुपतिनगर इलाकाबाट पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसुरमा दश दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ