समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई संयोजकको नयाँ जिम्मेवारी शीतलपाटीन्युज डटकम।

  शीतलपाटीन्युज डटकम | ३ मंसिर २०८२, बुधबार २०:५५

शीतलपाटीन्युज डटकम।
लण्डन – अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो सांगठनिक संरचनालाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न विभागहरूमा संयोजक तथा पदाधिकारी नियुक्त गरी नयाँ नेतृत्वलाई जिम्मेबारी दिएको छ।समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा जारी विज्ञप्तिमा तीन महत्त्वपूर्ण विभागमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको जनाउनु भएको छ।

कार्य बिभाजन अनुसार वरिष्ठ कन्सल्ट्यान्ट तथा प्राध्यापक डा.गोपी अर्याललाई स्वास्थ्य विभागको संयोजक अन्तराष्ट्रिय सञ्चार तथा सूचना समन्वयलाई थप व्यवस्थित बनाउन जापान निवासी राजन गौतमलाई प्रेस संयोजक र न्यूजिल्याण्ड निवासी सम्झना भण्डारीलाई युवा संयोजक मनोनयन गरीएको छ।

यो चयनले स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डा. अर्यालको नेतृत्वमा धादिङ समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा,प्राविधिक क्षमता अभिवृद्धि र स्वास्थ्य सचेतना प्रवर्द्धन कार्यक्रमहरूलाई अझ प्रभावकारी बन्ने,सञ्चार क्षेत्रमा सक्रिय गौतमको नियुक्तिले संस्थाको सूचना प्रवाह,समन्वय, र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने र युवा शक्तिलाई सशक्त नेतृत्वतर्फ डोर्‍याउने कुरामा समाजले आसा गरेको छ। उनको नेतृत्वमा युवा-मैत्री कार्यक्रमहरू,अन्तर्राष्ट्रिय युवाहरूको सञ्जाल निर्माण र रचनात्मक अभियानहरू सञ्चालन हुने बताइएको छ।

अध्यक्ष राजन खकुरालले नयाँ टिमले धादिङ समुदायको हित, संस्थाको सेवा प्रभावकारिता, र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभर रहेका धादिङवासी समुदायका लागि सामाजिक, सांस्कृतिक एवं मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ