समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

डेङ्गुबाट ४८ को मृत्यु,४६ जनामा कोरोना सङ्क्रमण

  शीतलपाटीन्युज डटकम | ३१ आश्विन २०७९, सोमबार १७:४४

काठमाडौँ- हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

४६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ छ । हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ