समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

एनआरएनए युके पूर्वअध्यक्ष पुनम गुरुङलाई तमुधिं नेपालबाट सम्मान शीतलपाटीन्युज डटकम।

  शीतलपाटीन्युज डटकम | १० मंसिर २०८२, बुधबार १३:२०

शीतलपाटीन्युज डटकम।
पोखरा। गैरआवासीय नेपाली संघ युकेकी पूर्वअध्यक्ष,तमु धीं युके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई तमु धिं नेपालले सम्मान गरेको समाचार छ।

सामाजिक सेवा,नागरिक अधिकारका लागि क्रियाशील वरिष्ठ समाजसेवी गुरुङ नेपाल आगमनको अवसरमा तमुधि नेपालले पोखरा ९ नयाँबजार स्थित तमुधिं नेपालको सभाहलमा सम्मान एवं अन्तक्रिया कार्यक्रम गरेको हो।

तमु समुदायको उदाहरणीय ब्यक्तित्व गुरुङलाई तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ,तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष (सु.मे.) श्रीप्रसाद गुरुङ,तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ,युवा अध्यक्ष रमेश गुरुङ,तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ,चिउली पार्चे तमु समाज अध्यक्ष क्याप्टेन शम्शेर गुरुङ लगायत सहभागीहरुले खादा,घलेक, क्रमु,फुल लगायत तमु धिं नेपालको वार्षिक प्रकाशन तमु सुँ प्रदान गर्दै स्वागत गरिएको थियो।

वरिष्ठ समाजसेवी पुनम गुरुङले तमु धिं नेपालको पारिवारिक आत्मिय स्वागतको निम्ति धन्यवाद व्यक्त गर्दै तमु धि आफ्नो लागि समुदाय,मौलिकता,पहिचान,संस्थागत विकास समाज बुझाउने पाठशाला साथै जीवन सिकाउने धरोहर भएको बताए। तमु धिं नेपालसँगको सम्बन्ध, संस्थापक अध्यक्ष कर्म तमु आफ्नो रोलमोडल र वर्तमान अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वबाट अति नै प्रभावित रहेको भन्दै उनले आफु जहिले पनि तमु धिंसँगै रहेर आफ्नो समाज सेवा अघि बढाउने बताउनु भएको थियो।

सो अवसरमा गैरआवासीय नेपाली,गोर्खाज,तमु समुदाय, अधिकार,युवा पुस्ता,राजनीतिक चेतना साथै सहभागिताको बिविध पक्षमा आफ्ना अनुभव,उठाइएका आवाज,अभियान,भुमिका साथै योगदानको बारेमा जानकारी एवम अन्तक्रिया गरिएको थियो।

तमुधि नेपालका वरिष्ठ उपाध्यक्ष (सुमे) श्रीप्रसाद गुरुड्गले स्वागत मन्तव्य राख्नु भएको सो सम्मान कार्यक्रममा सहभागीहरुले समाजसेवी गुरुङको योगदान र अभिव्यक्तिबाट आफुहरु प्रभावित भएको बताउनु भएको थियो।
(गोर्खामिडियाबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ