शीतलपाटीन्युज डटकम।
काठमाडौँ। सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निबासका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको प्रेष बिज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको हो। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था सबल बनाउन सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ।
प्रतिक्रिया