सुरेश कोईराला,काठमाण्डौ।
▶राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वएआईजी विश्वराज पोखरेललाई पार्टीमा भित्राए सँगै ओखलढुङ्गाको राजनीतिक माहौल तातिएको छ। ओखलढुङ्गामा जन्मिएर नेपाल प्रहरीमा स्वच्छ छवि बनाएका पोखरेललाई पार्टीमा स्वागत गरेसँगै ओखलढुङ्गाको आगामी निर्वाचनमा त्रिपक्षीय भि*ड*न्त हुने देखिएको छ।
रास्वपाले आगामी निर्वाचनमा ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने योजनाका साथ पोखरेललाई पार्टीमा भित्राएको बुझिएको छ। प्रहरी सङ्गठनमा रहँदा निष्क*लङ्क छवि बनाएका व्यक्तिलाई पार्टीमा भित्राएका कारण ओखलढुङ्गामा जित हात पार्न सकिने रास्वपा पङ्क्तिको बुझाई छ।
ओखलढुङ्गामा रास्वपा पङ्क्तिले सोचेझैँ सहजै परिणाम आउन भने कठिन देखिन्छ। किनकि यसअघिको निर्वाचनमा ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रामहरि खतिवडा विजयी भएका थिए। तत्कालीन माओवादी केन्द्रसँग सहकार्य गरेर भएको निर्वाचनमा उनले ३३ हजार ५५६ मत ल्याएका थिए।
त्यस्तै उनका निकटतम प्रतिद्व*न्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरेका थिए भने रास्वपा बाट शोभा कार्कीले ७१४ मत मात्रै प्राप्त गरेकी थिइन्।
यसरी हेर्दा रास्वपा लाई ओखलढुङ्गामा जित हात पार्न सोचे जति सजिलो भने छैन। यद्यपि पार्टी स्थापनाको ६ महिनामै भएको निर्वाचनमा समेत ७ सय बढी मत प्राप्त गरेको रास्वपाको उक्त मत सामान्य भने हैन। बिना सङ्गठन निर्वाचनमा होमिएको रास्वपाको अहिले जिल्ला जिल्लामा मात्रै नभएर वडा तहसम्म सङ्गठन फैलिएको छ। त्यसबाहेक पनि रास्वपा प्रति जनताको विश्वास दिनानुदिन बढिरहेको अवस्था छ। यही अवस्थामा पार्टीले बलियो र स्वच्छ छवि भएका उम्मेदवारलाई अघि सार्दा ओखलढुङ्गाको निर्वाचनमा त्रिपक्षीय प्रति*स्पर्धा हुने देखिन्छ।
प्रतिक्रिया