काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागुहुने गरी कर्जाको ब्याज बढाएका छन् । बैंकहरुले मुद्दती निक्षेप तथा बचतमा ब्याजदर थपघट नगरेपनि कर्जाको ब्याज भने बढाएका हुन् ।
बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा कर्जा लिने ऋणीले १८.२८ प्रतिशतसम्म ब्याज तिनुपर्ने भएको छ ।
अहिले वाणिज्य बैंकहरुको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर हुनेमा १० वटा बैंक रहेका छन् । बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।
बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको नयाँ ब्याजदरमा एभरेष्ट बैंकको आधारदर ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१३, कृषि विकास बैंकको ९.२७, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, सिद्धार्थ बैंकको ९.८५, नेपाल बैंकको ८.९१, प्रभु बैंकको ९.६२ र नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।
बाँकी बैंकको आधारदर औषतभन्दा निकै बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । सिभिलबाट कर्जा लिँदा अधिकतम १८.१५ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै बैंक अफ काठमाण्डूको आधारदर १०.२८ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ८ प्रतिशत थपेर १८.२८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
सबैभन्दा कम ब्याज सरकारी स्वामित्व रहेका बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम थपिने छ ।
बैंकले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकबाट कर्जा लिँदा १४.२७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर ९.२७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।
यस्तै नेपाल बैंकबाट कर्जा लिँदा १४.४१ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९१ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने छ ।
एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १६.२५ प्रतिशकत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.२५ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ ।
यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने छ ।
नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ ।
एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने छ ।
कुमारी बैंकबाट कर्जा लिँदा १७.३७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ ।
यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.८७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३६ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ ।
हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.४५ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।
सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपसहित सहित १६.१३ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १६.१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.१ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
लक्ष्मी बैंकबाट कर्जा लिँदा १६.३१ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३१ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ ।
मेगा बैंकबाट कर्जा लिँदा १७.४६ प्रतिशत ब्याज लाग्नेछ । अहिले बैंकको आधारदर १०.४६ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।
यस्तै सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.८५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने छ ।
नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।
प्रभु बैंकबाट कर्जा लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.६२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ ।
सानिमा बैंकबाट कर्जा लिँदा १७.०४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
यस्तै एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
प्रतिक्रिया