समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

लन्डन हिथ्रो विमानस्थलले बढायो ड्रप–अफ शुल्क

  शीतलपाटीन्युज डटकम | २१ मंसिर २०८२, आईतवार ०७:४५

शीतलपाटीन्युज डटकम।
लण्डन।बिश्व कै सबैभन्दा व्यस्त मानिने लन्डनस्थित हिथ्रो विमानस्थलमा यात्रु ओराल्दा (ड्रप–अफ) लाग्ने शुल्क बढ्ने भएको छ। सन् २०२६ जनवरी १ देखि ड्रप–अफ शुल्क हालको ६ पाउण्ड बढाएर ७ पाउण्ड प्रति प्रवेश हुनेछ।

नयाँ नियमअनुसार ड्रप–अफ क्षेत्रमा १० मिनेटभन्दा बढी बस्न पाइने छैन्,अन्यथा कसुर अनुसार ८० पाउण्ड सम्म जरिवाना लाग्न सक्ने बताईएको छ। शुल्क अनलाइन वा फोनमार्फत अग्रीम रूपमा वा प्रयोग गरेपछि भोलिपल्ट मध्यरातसम्म भुक्तानी गर्न सकिनेछ। विमानस्थल परिसर वा टर्मिनलभित्र भने शुल्क तिर्ने सुविधा उपलब्ध छैन्। प्रत्येक टर्मिनल बाहिर रहेको ड्रप–अफ क्षेत्रमा यात्रु ओराल्न सबैभन्दा छिटो छरितो माध्यम मानिन्छ ।

विमानस्थलका प्रवक्ताले यो परिवर्तनले ट्राफिक प्रवाह सहज बनाउने,भीड कम गर्ने र यात्रुलाई सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको बताएका छन। उनका अनुसार अहिले पनि ९५ प्रतिशत बढी सवारी साधनले १० मिनेटभित्रै ड्रप–अफ प्रक्रिया पूरा गर्छन्।

ड्रप–अफ क्षेत्रमा कुनै सवारी साधन कसैले छाडेर जान पाइने छैन्,अन्यथा प्रहरीद्वारा तत्काल हटाइने चेतावनी दिइएको छ।

शुल्क नतिर्ने वा लामो समय बस्न चाहनेहरूका लागि सबै टर्मिनलमा रहेको ‘पार्क एन्ड राइड’ निःशुल्क ड्रप–अफ र पिक–अप विकल्प यथावत् उपलब्ध रहनेछ।

हिथ्रोको यो शुल्क वृद्धि ग्याटविक, लुटन र स्ट्यान्स्टेड जस्ता अन्य प्रमुख ब्रिटिस विमानस्थलहरूसँग मिल्दोजुल्दो छ,जहाँ पहिलेदेखि नै न्यूनतम ७ पाउण्ड शुल्क लागू हुँदै आएको छ। लन्डन सिटी विमानस्थलमा भने ड्रप–अफ सुविधा निःशुल्क छ।

कोभिड १९ पछि हिथ्रो विमानस्थालमा ५ पाउण्डबाट सुरु गरिएको ड्रप अफ शुल्कलाई निरन्तरता दिंदै नियमित रुपमा वृद्धि गरेर ७ पाउण्ड पुरयाउन लागिएको हो।
Key Details of the New Rules
New Fee: The Terminal Drop-Off Charge (TDOC) will be £7 per visit, an increase from the current £6 charge.
Time Limit: A strict maximum stay of 10 minutes will be enforced in the drop-off zones located directly outside each terminal.
Enforcement and Fines: The system uses Automatic Number Plate Recognition (ANPR) cameras.
Failure to pay the charge by midnight the day after the visit will result in an £80 Parking Charge Notice (PCN), which is reduced to £40 if paid within 14 days.
Unattended vehicles may be removed by the police.
Payment Method: Payment must be made online, by an automated telephone service, or via the Heathrow Airport website or app. It is not possible to pay within the drop-off zones or at ticket machines.
Exemptions: Blue badge holders are exempt from both the charge and the time limit.
Free Alternatives: Free drop-off and pick-up options are still available at the airport’s Park & Ride car parks (previously Long-Stay car parks), which offer a free shuttle bus service to the terminals.

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ