समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सातौं अन्तराष्ट्रीय मर्यादित महिनावारी सिकाई सम्मेलन मर्यादा,समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी भन्ने नाराका साथ भब्य सम्पन्न

  शीतलपाटीन्युज डटकम | २६ मंसिर २०८२, शुक्रबार १८:१३

सुधा गुरुड्ग,

काठमाण्डौ। मदन पुरस्कार बिजयी लेखक एवम मर्यादित महिनावारी अभियंता डा राधा पौडेलको अगुवाईमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशनले १६ दिने लैंगीक हिंसा बिरुद्ध अभियानको १४औं दिन ८ डिसेम्बर बाट सातौं अन्तराष्ट्रीय मर्यादित महिनावारी ३ दिने सिकाई सम्मेलन द मल्ल होटेल, काठ्मान्डौमा भब्यताका साथ सम्पन्न गरेको छ।

राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशन ले २०१९ बाट अन्तराष्ट्रीय मर्यादित दिवसको आयोजना गर्दै आईरहेको छ! यस पटक नेपाल लगायत  बिश्वका २१ राष्ट्रहरुबाट कुल १४० जना प्रतिनिधीहरुको सहभागीतामा सम्पन्न तीन दिने सातौं सिकाई सम्मेलनले महिनावारी बिभेदलाई असमान शक्ति सम्बन्ध, पितृसत्ता र सामाजिक बहिष्कारको मूल कारणका रुपमा मान्यता दिनुपर्ने निष्कर्ष सहित १२ बुंदे घोषणापत्र जारी गरेको छ! यसलाई “हानीकारक परम्परागत अभ्यास” भित्र नराखी विशेष प्रकारको बिभेदको रुपमा सम्बोधन गर्नुपर्ने पनि सम्मेलनको निष्कर्ष छ!

मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी भन्ने मूल नाराका साथका आयोजित सम्मेलनमा महिनावारी बिभेदका प्रभावहरुको बैश्विक नक्सा, त्यसले उत्पादन गर्ने लैंगीक तथा यौंनिक हिंसा, स्वास्थ्य, जलवायू न्याय, शिक्षा क्षेत्रमा पार्ने असर,  अपांगता, यौनिक तथा लैंगीक अल्पसंख्यक समुदाय र ज्येष्ठ नागरीकका सन्दर्भमा देखिने चुनौतीहरुबारे गहन छलफल भएको थियो।

सम्मेलनले महिनावारी बिभेदलाई  “हानीकारक परम्परागत अभ्यास” का रुपमा मात्रै होईन, स्वतन्त्र र विशिष्ट मानव अधिकार उल्लंघनका रुपमा संबोधन गर्नुपर्ने, यौंन तथा प्रजनन स्वास्थ्य अधिकार, एच आई भी , शिक्षा बाल अधिकार, तथा सार्वजनिक स्वास्थ्यका सबै संवादमा मर्यादित महिनावारीलाई प्रवेश बिन्दुका रुपमा राखिनुपर्ने, अपांगता अधिकार,यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको अधिकार तथा ज्येष्ठ नागरीक सम्बन्धी नितीमा मर्यादित महिनावारीको ढांचा अनिवार्य रुपमा समायोजन गर्नुपर्ने साथै संयूक्त राष्ट्र संघले ८ डिसेम्बरलाई अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसका रुपमा आधिकारक मान्यता दिनुपर्ने आह्वान र प्रतिबद्धता प्रस्तुत गरेको छ।

महिनावारी व्यवस्थापन सामग्रीमा कर सम्बन्धी नीति र संवादमा “महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्रै हुन्छ पुरा” भन्ने दृष्टिकोण लागू गर्नुपर्ने,औपचारिक तथा अनौपचारिक कार्यस्थल,खेलकुद लगायतमा महिनावारी तथा रजोनिवृत्तिसम्बन्धी विभेद अन्त्यका लागि विशेष रणनीतिहरू समावेश गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ।
नेपालको सन्दर्भमा, सम्मेलनले राष्ट्रिय सभाले पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावलाई नीतिगत र कानुनी स्तरमा कार्यान्वयन गर्न सरकार, संसद तथा सम्बद्ध निकायलाई आग्रह गरेको छ। साथै,अन्य मुलुकहरूले पनि संसदमा मर्यादित महिनावारीलाई मुख्य एजेन्डाका रूपमा उठाउँदै नीतिनिर्माण अघि बढाउन पहल गर्ने निस्कर्ष निकालेको छ।

सम्मेलनमा यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायले भोगिएको महिनावारी विभेद,अपाङ्गता भएका व्यक्तिहरुले भोगेको महिनावारी विभेद र त्यसको असर पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो। Global South Coalition for Dignified Menstruation, राधा पौडेल फाण्डेसनको आयोजना र राष्ट्रिय युवा परिषद् तथा MenEngage Alliance (Global) को सह–आयोजनामा सम्पन्न तीन दिने सम्मेलनमा कला–साहित्य, नेपालको शिल्पी थिएटरका कलाकारहरुबाट महिनावारी बिभेदबारे नाटक प्रदर्शन,बालबालिका र महिनावारी नहुने व्यक्तिको भूमिका,धार्मिक अगुवाहरूको सहभागिता र मिडियाको योगदान जस्ता सामाजिक आयामहरूमा पनि छलफल भएको थियो।

८ डिसेम्बरको बिहान राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशनका संस्थापक अध्यक्ष डा राधा पौडेल, नेपाल लगायत २१ राष्ट्रहरुबाट सहभागी प्रतिनिधीहरु सबै मिलेर सातौ अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको ब्यानर र बेलुनको झुप्पा आकाशमा उडाएर सम्मेलनको उद्घाटन गरिएको थियो! सो को लगत्तै स्टेजमा सामुहिक राष्ट्रीय गान पश्चात दार्जीलिङ्गकी लोकप्रीय गायिका जुनु गौतम जुन ले राधा पौडेलद्वारा रचित – “म बाट महिनावारी, चलिरहेछ संसार यो भएर महिनावारी…” बोलको गीत गाएर सम्मेलन अगाडि बढाईएको थियो! औसत नेपाली कार्यक्रममा जस्तो आसन र भाषणमा समय खर्चिएको थिएन।

सम्मेलनमा संचार तथा सुचना प्रबिधी मंत्री जगदिश खरेल, नेपालका लागि फ्रान्सका राजदूत भर्जिनीया कोर्टवल, राष्ट्रीय सभा सदस्य गरिमा शाह ( मदन कुमारी शाह ) ले शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपालबाट राधा पौडेल एक्लैले शुरु गरेको यो अभियानलाई बिश्वब्यापी बनाएर अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस लाई बिश्वब्यापी बनाउन सफल भएकोमा बधाई ज्ञापन गर्दै आआफ्नो क्षेत्रबाट यस अभियानमा सक्दो हातेमालो गरेर साथ दिने प्रतिबद्धता जनाएका थिए।

सम्मेलनमा उद्घाटन र समापन मन्तब्य कार्यक्रम संयोजक सपना पौडेलले ब्यक्त गर्दै,सरकारी तथा गैरसरकारी अतिथीहरु,देश बिदेशबाट सहभागी हुन आएका प्रतिनिधीहरु,प्रायोजकहरु,आईटी टीम,मिडिया पार्टनर्स सबैलाई एक मुष्ट आभार प्रकट गरेकी थिईन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ