समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

अमेरिकाले अस्थाई रुपमा स्थगित गर्‍यो डीभी कार्यक्रम

  शीतलपाटीन्युज डटकम | ४ पुष २०८२, शुक्रबार १६:०३

शीतलपाटीन्युज डटकम।
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको जनाएको छ। बिहीबार साँझ अमेरिकाकी गृह सुरक्षामन्क्री त्रिस्टी नोएमले ट्रम्प प्रशासनले डीभी लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन्।
ट्रम्प प्रशासनले डीभी लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको नोएमले जनाएकी छन् । उक्त कार्यत्रममार्फत आठ वर्षअघि अमेरिका प्रवेश गरेका एक व्यक्तिले ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी तथा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का एक प्राध्यापकको हत्या गरेको आरोप लागेपछि यो निर्णय लिइएको हो।

Screenshot

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै नोएमले भनिन्, ‘यो जघन्य व्यक्ति कहिल्यै पनि हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैनथ्यो।’ राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विविधता भिसा–१ कार्यक्रम तत्काल स्थगित गर्न अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) लाई निर्देशन दिइएको उनले बताइन्।

गृह सुरक्षा मन्क्रालयका अनुसार संदिग्ध आत्रमणकारी क्लाउडियो म्यानुअल नेभेस भालेन्ते सन् २०१७ मा विविधता भिसा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए र उनलाई स्थायी आवास अनुमति पत्र (ग्रीन कार्ड) प्रदान गरिएको थियो।

सन् १९९० को दशकमा कांग्रेसद्वारा सुरु गरिएको विविधता भिसा कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष ५० हजार भिसा लटरी प्रणालीमार्फत प्रदान गरिँदै आएको छ । कार्यक्रममा सहभागी हुन कम्तीमा माध्यमिक तहको शिक्षा वा तालिम आवश्यक पर्ने क्षेत्रमा दुई वर्षको कार्य अनुभव अनिवार्य रहेको छ।

तर, यो कार्यक्रम कांग्रेसले कानुनमार्फत स्थापना गरेकाले गृह सुरक्षा मन्त्रालयले कुन कानुनी आधारमा स्थगन गर्न सक्छ भन्ने विषय स्पष्ट नभएको बताइएको छ। अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालयमार्फत जारी हुने गर्छन्।

राष्ट्रपति ट्रम्प लामो समयदेखि विविधता भिसा कार्यक्रमका आलोचक रहँदै आएका छन् । उनका अनुसार यो कार्यक्रम पर्याप्त रूपमा योग्यता–आधारित नभएको र राष्ट्रिय सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुनसक्ने छ । समर्थकहरूले भने कार्यक्रम कडा सुरक्षा परीक्षणपछि मात्रै भिसा प्रदान गरिने र यसले अमेरिकी अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय छविमा सकारात्मक योगदान पुर्‍याउने तर्क गर्दै आएका छन्।

अधिकारीहरूका अनुसार ४८ वर्षीय पोर्चुगल नागरिक नेभेस भालेन्ते न्यू ह्याम्पशायर राज्यमा आत्महत्या गरेको अवस्थामा मृत फेला परेका छन् । उनी ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि दुई विद्यार्थीको मृत्यु र नौ जना घाइते भएको घटनाका साथै त्यसको दुई दिनपछि बोस्टन नजिकै एमआईटीका एक प्राध्यापकको हत्या घटनामा पनि संलग्न रहेको विश्वास गरिएको छ।
सीबीएसन्युजबाट साभार।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ