समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सोलार फार्म लिमिटेड तनहुको सातौ बार्षिक साधारण सभा ४% बोनस शेयर दिने निर्णय गर्दै सम्पन्न

  शीतलपाटीन्युज डटकम | २१ पुष २०८२, सोमबार २१:०३

शीतलपाटीन्युज डटकम।
पोखरा। शुक्ला गण्डकी ५ तनहुमा संचालनमा रहेको सोलार फार्म लिमीटेडको सातौ बार्षिक सभा ४% बोनस शेयर लाभाम्स दिने निर्णय गर्दै भब्य सम्पन्न भएको छ। २१ पौष २०८२ दिउसो २.०० बजे अध्यक्ष आस बहादुर गुरुड्ग (मोहन) को अध्यक्षतामा माझीकुना, बेगनास,पोखरा,कास्कीमा बसेको कार्यसमितीले बैठकले निर्णय गरेको थियो।

साधारण सभामा अध्यक्ष गुरुड्गले आर्थिक बर्ष २०८१ः२०८२ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको,आर्थिक बर्ष २०८१/२०८२ को लेखापरिक्षण परिक्षण प्रतिबेदन बासलात,नाफा/नोक्सान हिसाव,नगद प्रबाह बिबरण र तत् सम्बन्धी अनुसुची तथा NFRS प्रणाली लागु गरी तयार पारिएको बित्तिय बिबरण पेश गर्न,आर्थिक बर्ष २०८१/२०८२ को लेखापरिक्षण प्रतिबेदन अनुसार चार प्रतिसत (४%) बोनस शेयरको रुपमा लाभाम्स बितरण गरीने निर्णय गर्न र कर प्रयोजनको लागि ०.२% लाभाम्स बितरण गर्ने र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२/२०८३ को लेखा परिक्षण कार्यका लागि लेखा परिक्षक नियुक्ति गर्ने र लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्न स्विकृति माग गर्नु भएकोमा उपस्थित कार्यसमिती पदाधिकारीबाट बहुमतबाट स्विकृती भएको थियो।

तनहुको सोलार फार्म ५ मेघाबाट क्षमता भएको अन ग्रीड सौर्य उर्जा उत्पादन गर्ने कम्पनि हो।बार्षिक ६ करोड कारोबार हुने सो अपेक्षा गरीएको सो प्रोजेक्टको लागत ४५ करोड रहेको छ।कम्पनि यस अघि नाफामा गएर लाभांम्स र बोनस बितरण गरिसकेको छ भने कम्पनीलेआईपिओ जारी गर्दै आगामी दिनमा थप सौर्य परियोजनाहरु बिकास गर्न रुपन्देही जिल्लाको मैनहियामा ४० मेघावाट र कपिलवस्तु जिल्लाको मोतीपुरमा ५० मेघावाट गरी ९० मेघावाटको परियोजना प्रबर्दन गर्न र ९० मेघावाटका लागि जग्गा भाडामा लिने कार्य गर्दै रहेको छ।

सोलार फार्म सुहका प्रबन्धक गौरव पौडेलले संचालन गरेको सो कार्यक्रममा संचालक सिईओ लेखनाथ पाण्डेले आर्थिक प्रबेदन प्रस्तुत गर्नु भएको थियो भने लगानीकर्ताका तर्फबाट हितमान गुरुड्गले कम्पनि राम्रो संचालन भएको बताउनु भएको थियो। ७७ जना लगानीकर्ता रहेको सो सोलार फर्मको बार्षिक अधिबेसनमा संचालक बिध्दाबारीधी सिग्देल,संचालक शब्द ज्ञवाली र संचालक बिशाल बिष्ट लगायत गन्यमान्यहरुको उपस्थित रहेको, उपस्थित हुन नसक्नेलाई ZOOM Link को ब्यवस्था गरीएको र जिज्ञासा पुरा गर्न प्रश्नोत्तको ब्यबस्था गरी कार्यक्रमलाई भब्य बनाईएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ