समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

प्रा सूर्य सुवेदीले विद्वत् प्रवचन दिंदै

  शीतलपाटीन्युज डटकम | २५ पुष २०८२, शुक्रबार १५:५७

GNNNNEWS

लन्डन – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले यही शनिबार, १० जनवरी (युके समय अपरान्ह ३ बजे) आयोजित वेबिनारमा विद्वत् प्रवचन दिन लागेका छन्।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाद्वारा आयोजना गर्न लगिएको वेबिनारमा प्रा सुवेदीले “जेन जी आन्दोलन पछि नेपालको संवैधानिक विकासका चुनौती” विषयमा प्रवचन दिने छन्।

नेपालमा गत सेप्टेम्बर महिनामा जेन जी आन्दोलनसंगै सरकार परिवर्तन भएपछि प्रा सुवेदीले आफ्ना भनाइहरु पहिलो पटक सार्वजनिक रुपमा राख्न लागेका हुन्।

” जेन जी पुस्ताले नेपालमा गरेको आन्दोलन पछि बनेको सरकारको संवैधानिकता,विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लगायत कतिपय जनचासोका विषयमा छलफल र बहस अगाडी बढाउन हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ। अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा सुवेदीको विद्वत् प्रवचन विद्यमान सन्दर्भमा निकै उपयोगी हुने हाम्रो विश्वास छ,” जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले भने। उनले सबैलाई वेबिनारमा सहभागी भएर आफ्ना केही जिज्ञासाहरु भए प्रा सुवेदी समक्ष राख्न आमन्त्रण पनि गरे।

डायस्पोराको सक्रिय सहभागितामा नेपालको दीगो विकास र रुपान्तरणका लागि बहस चलाउँदै आएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफलहरु आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ