समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

एनआरएनए अधिवेशन:डा.हेमराज शर्मा मलेसियामा,भोलि विशेष कार्यक्रम आयोजना हुँदै

  शीतलपाटीन्युज डटकम | २७ पुष २०८२, आईतवार १९:४१

शीतलपाटीन्युज डटकम।

लण्डन।एकताको सन्देश बोकेर विश्वव्यापी भ्रमणमा निस्कनु भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मा मलेसिया पुग्नु भएको छ।


डा.शर्मा आइतबार साँझ मलेसिया आइपुग्दा उहाँको स्वागतका लागि गैरआवासीय नेपाली संघका अभियन्ताहरू विमानस्थल पुगेका थिए।

डा.शर्माको स्वागत तथा सम्मानको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपानेका अनुसार संघका केन्द्रीय उपाध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा सोमबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो। क्वालालाम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटलमा साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एनआरएनए मलेसियाले सबैलाई आह्वान गरेको छ।

डा.शर्माको स्वागतका लागि संघका उपाध्यक्ष खगेन्द्र न्यौपाने, एशिया क्षेत्रीय संयोजक हरि भट्टराई,एनसीसी अध्यक्षद्वय राकेश कुमार महतो र इन्द्र नारायण लिम्बु,एनसीसी उपाध्यक्षहरू दिल केरुङ,बलध्वज लिम्बु,खेमराज खत्री,सचिव उमेश कोइरी महतो तथा महिला संयोजक इन्दु बस्नेत विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ