समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सीन्धुलीमा एसबिआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहद्वारा लुटपाट

  शीतलपाटीन्युज डटकम | ३० पुष २०८२, बुधबार ०८:२२

शीतलपाटीन्युज डटकम।
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले योजनाबद्ध ढंगले लुटपाट गरेको छ। गाउँपालिकाको भवनमै रहेको बैंकमा बेलुकी करिब ६ः३० बजे लुटेराहरू प्रवेश गरेका थिए। बैंकको मुख्य गेट बन्द रहे पनि पछाडिपट्टिको आवतजावतका लागि प्रयोग हुने ढोकाबाट उनीहरू भित्र छिरेका थिए।

बैंकमा प्रवेश गर्नासाथ लुटेराहरूले सुरक्षागार्डमाथि आक्रमण गरे। गार्डले रोक्न खोज्दा उनको हात काटिएको र पेस्तोल तथा खुकुरी देखाएर तर्साइएको थियो। त्यसपछि गार्डको मुख बाँधेर एक ठाउँमा राखिएको थियो। सोही भवनको माथिल्लो तलामा बस्दै आएका बैंकका कर्मचारीहरूकहाँ केही लुटेरा पुगेर उनीहरूलाई डोरीले बाँधेका थिए, मुख थुनिदिएका थिए र नबोल्न चेतावनी दिएका थिए। त्यसपछि बैंकको पैसा राखिएको कोठाको चाबी मागेर ढोका खोलाई पैसा निकालिएको थियो।

लुटेराहरूले केही मिनेटमै बोरामा पैसा पोको पारेर भागेका थिए। उनीहरू फरार भएपछि करिब ६ः४५ बजेतिर बैंकका कर्मचारीहरूले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो र कर्मचारीहरूको उद्धार गर्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। सोही समयमा गाउँमा बैंक लुटिएको खबर फैलिएपछि स्थानीय बासिन्दाहरूले हल्लाखल्ला गर्दै प्रहरीलाई सहयोग गरेका थिए।

प्रहरीको पिछा भएको थाहा पाएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थल नजिकै छाडेर जंगलतर्फ भागेका थिए। भाग्ने क्रममा उनीहरूले बोकेका पैसाका केही बोरा र नोटका बिटा जंगल र बाटोमा फाल्दै फरार भएका थिए। एक बोरा पैसा त गाडीमै छोडिएको अवस्थामा फेला परेको थियो भने अन्य केही पैसा विभिन्न स्थानबाट बरामद गरिएको छ। स्थानीय बासिन्दाहरूले फेला पारेको पैसा प्रहरीलाई बुझाइसकेका छन्।

प्रहरीले बैंक लुटमा प्रयोग गरिएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक बयानमा चालकले लुटेराहरूले “केटी भगाउने” बहानामा गाडी रिजर्भ गरेको र पछि पैसाका बोरा लोड गरेर गाडी चलाउन भनेको बताएका छन्। उनका अनुसार केही अगाडि पुगेपछि मात्र बैंक लुटिएको थाहा भएको र प्रहरी पिछा गरेको देखेपछि लुटेराहरूले गाडी रोक्न लगाएर भागेका थिए।

रात परिसक्दासम्म पनि प्रहरीले खोजी अभियान जारी राखेको छ। भाग्ने क्रममा जंगलमा फालिएका केही नोट फेला परे पनि केही अझै फेला नपरेको जनाइएको छ। बैंकका कर्मचारीहरूलाई सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको छ। घटनाबारे बैंकको केन्द्रीय कार्यालयलाई जानकारी दिइसकिएको छ भने नेपाल राष्ट्र बैंकले पनि घटनाप्रति चासो राख्दै आवश्यक विवरण मागेको छ। प्रहरीले लुटेराहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान तीव्र पारेको जनाएको छ।
(हिमाली पत्रीकाबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ