समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बेलायतमा ड्राइभिङ लाइसेन्स लिन नया नियम आउदै

  शीतलपाटीन्युज डटकम | १ माघ २०८२, बिहीबार ०६:५२

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतमा ड्राइभिङ लाइसेन्स लिन अब नया नियम र लामो समय लाग्ने भएको छ। बेलायत सरकारले हालै सार्वजनिक गरेको नयाँ रोड सेफ्टी स्ट्रयाटेजीमार्फत् इङ्ग्ल्यान्ड र वेल्समा शिकारु चालक वा लर्नर ड्राइभरहरूका लागि दुर्घटना कम गर्न नयाँ नियम प्रस्ताव गरिएको हो ।

जसअनुसार शिकारु चालकले थिओरी टेष्ट पास गरेपछि प्राक्टिकल टेष्ट दिन कम्तीमा तीनदेखि छ महिनासम्म कुर्नुपर्ने व्यवस्था लागू गर्ने योजना छ।

सरकारले अघि सारेको प्रस्ताव नीति नै बनेर कार्यान्वयनमा जानुभन्दा अघि यसलाई सार्वजनिक परामर्शको प्रक्रियामा लगिदै छ। परामर्शमा शिकारु ड्राइभर,ड्राइभिङ प्रशिक्षक र सरोकारवाला निकायबाट सुझावहरु संकलन गरिनेछ। परामर्शका क्रममा प्राप्त सुझावका आधारमा अन्तिम निर्णय लिइनेछ र संसदबाट स्वीकृति भएपछि मात्र नयाँ नियम लागू हुनेछ।

प्रस्तावअनुसार थिओरी टेष्ट पास गरेपछि अनिवार्य लर्निङ पिरियड अर्थात् (सिकाइ अवधि) तोकिनेछ। बेलायत सरकारको यातायात मन्त्रालयले सिकाइको न्यूनतम अवधि तीन महिना वा छ महिना मध्ये कुन प्रभावकारी हुन्छ भन्ने विषयमा परामर्श गरिरहेको जनाएको छ।

सिकाइ अवधिमा ड्राइभिङ प्रशिक्षकसँग लिएका औपचारिक कक्षा मात्र नभई अभिभावक वा आफन्तसँग गरिएको अनौपचारिक ड्राइभिङ अभ्यास पनि मान्य हुनेछ।

हालको व्यवस्थाअनुसार बेलायतमा १७ वर्ष पुगेपछि ड्राभिङ लेसन लिन पाइन्छ र थिओरी टेष्ट पास गरेलगत्तै प्राक्टिकल टेष्ट बुक गर्न सकिन्छ। नयाँ प्रस्ताव लागू भएमा १७ वर्ष पूरा भएको केही दिनमै लाइसेन्स पाउने अभ्यास अन्त्य हुनेछ र सबैभन्दा कम उमेरका योग्य चाल कम्तीमा १७ वर्ष छ महिना उमेर पुगेका हुनेछन्।

सरकारले यो कदम युवा चालकहरूको अनुभव बढाउन र दुर्घटना न्यूनीकरण गर्न आवश्यक भएको बताएको छ।

आधिकारिक तथ्यांकअनुसार सन् २०२४ मा बेलायतमा भएका गम्भीर सडक दुर्घटनामध्ये करिब पाँचमध्ये एकमा युवा ड्राइभर संलग्न थिए। अन्य देशहरूको अनुभवले सिकाइ अवधिको नियम लागू गर्दा सडक दुर्घटना ३२ प्रतिशतसम्म घट्न सक्ने देखाएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ