समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न दलहरूलाई समय छुट्यायो,सुरुमा रास्वपा अन्तिममा कांग्रेस

  शीतलपाटीन्युज डटकम | ५ माघ २०८२, सोमबार १२:२९

शीतलपाटीन्युज डटकम।
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि भोलि उम्मेदवारी दर्ता गर्नका लागि निर्वाचन आयोले दलहरूलाई फरक-फरक समय छुट्याइदिएको छ।

आयोगले सबैभन्दा सुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय दिएको छ भने नेपाली कांग्रेसलाई अन्तिमको स्लट दिएको छ। आयोगले मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय दिएको छ तर अन्य दलको हकमा भने निश्चित समय तोकेको छैन।

आयोगका अनुसार सबै भन्दा पहिले दिउँसो १ बजे रास्वपालाई समय दिइएको छ। सबैभन्दा पछि कांग्रेसलाई ४ बजेको समय दिइएको छ।

आयोगको तालिकाअनुसार देशैभरी रास्वपाका उम्मेदवारले १ बजे, राप्रपाका उम्मेदवारले २ बजे, एमालेका उम्मेदवारले साढे २ बजे, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ३ बजे र सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारले ४ बजे उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
साभार-डिसी नेपाल।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ