समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

एनआरएनए यूकेले एल्डरशटमा सम्पन्न गर्‍यो सार्वजनिक अन्तरक्रिया कार्यक्रम

  शीतलपाटीन्युज डटकम | ७ माघ २०८२, बुधबार ०७:५९

कुल प्रसाद कडेल,
प्रवक्ता,
एनआरएन युके।

लण्डन।अल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर-आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ केहि कारणवश उपस्थित हुन नसकेपछि गैर-आवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप टिगेलाले प्रमूख अतिथित्व ग्रहण गर्दै सहभागिता जनाउनुभयो। उहाँले गैरआवासीय नेपाली समुदायको वर्तमान अवस्था, संगठनको भूमिका तथा आगामी प्राथमिकताका विषयमा विस्तृत धारणा राख्नुभयो।


कार्यक्रममा बोल्दै एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जेन्जी आन्दोलनपछिको नेपालको राजनीतिक तथा भू-राजनीतिक अवस्था र भ्रष्टाचारविरुद्ध “Save the Nation, Build the Nation” अभियान सञ्चालन गर्ने उद्देश्यले च्यारिटी संस्था दर्ता गरी प्रभावकारी कार्यक्रमहरु विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

अन्तरक्रियात्मक सत्रमा एनआरएनए यूकेका कानूनी सल्लाहकार डा. धर्मराज थापा, वरिष्ठ खगेन्द्र पाठक, पूर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, गैर-आवासीय नेपाली संघका मानार्थ सदस्य शान्ती थापा, प्रमूख संरक्षक डेभिड गुरुङ, गोर्खा हंगर स्ट्राइक क्याम्पेनका अभियन्ता धन बहादुर गुरुङ तथा पुष्प राणा घले, CNCBG अध्यक्ष थर्क राना, गेसोका उपाध्यक्ष धर्म तामाङ, पानसका महासचिव रमेश शाही, गैर-आवासीय नेपाली संघका आइसीसी सदस्यहरु, सल्लाहकारहरु, SSC Wales का अध्यक्ष दिपक सुब्बा, प्रमूख सल्लाहकार डा. भिम पुन लगायत विभिन्न संस्थाका पदाधिकारी र प्रतिनिधिहरुले उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरुले उठाएका जिज्ञासा र सुझावहरुको जवाफ प्रमूख अतिथि टिगेलाले स्पष्ट र व्यावहारिक ढंगले दिनुभएको थियो। एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलका अनुसार यस्ता सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रमहरुले समुदायका आवाज, सरोकार र सुझावहरुलाई संस्थागत तहसम्म प्रभावकारी रुपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उक्त कार्यक्रम एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संयोजन उपाध्यक्ष अनिल मल्लले गर्नुभएको थियो भने सभा सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बुले गर्नुभएको थियो।

त्यस्तै, एनआरएनए यूकेका लागि भिडियोग्राफर तथा मिडिया प्रतिनिधिका रुपमा युकेनेपालन्युजका प्रबन्धक पारस थापालाई चयन गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ