समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर बिष्ट

  शीतलपाटीन्युज डटकम | ८ माघ २०८२, बिहीबार १९:३३

सुरेश कोईराला,

धनगढी। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द- _ )ले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्।

मंगलबार वारेसबाट उम्मेदवारी दर्ता गराएका विष्ट बुधबार आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। त्यसक्रममा उनले उक्त कुरा बताएका छन्।

‘म पवित्र भावका साथ कैलाली–४ का जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। म खुल्ला किताब जस्तै छु। हामीले चुनावी प्रतिस्पर्धा गर्दा अरु उम्मेदवारहरूलाई विभिन्न आरोप प्रत्यारोप गर्नु हुँदैन। कसैलाई गाली गर्नु हुँदैन। आफ्ना एजेण्डासहित जनतामा जानुपर्छ। यो हाम्रो लोकतान्त्रिक संस्कार पनि हो। म जनताको घरदैलोमा आफ्ना योजना र विचार बोकेर पुग्ने छु,’ उनले भने।

प्रतिस्पर्धी लेखराज भट्टलाई आफूले फोन गरेर स्वच्छ र सभ्य प्रतिस्पर्धा गर्न आग्रह गरेको उनले बताए। उनले परम्परागत गालीगलौजको शैलीलाई परिवर्तन गर्ने र जनताको विश्वास जित्ने आफ्नो लक्ष्य रहेको प्रस्ट पारे।

उनले आफ्नो ३६ वर्ष लामो राजनीतिक अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै कैलाली क्षेत्र नम्बर ४ को विकासमा अर्पित गर्ने बताएका छन्।

उनले आफू जेनजी आन्दोलनको भावना समेटेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।‘म जेनजी भावनाको सम्मान गरेर अगाडि बढ्ने छु। म परिवर्तनको सम्वाहक बनेर आएको छु,’उनले भने। विष्टले पार्टीभित्रको विवादसमेत अन्त भइसकेको बताएका छन्।

गेटा विमानस्थल पुग्दा विष्टले माटोलाई ढोगेर निर्वाचन क्षेत्रप्रति सम्मान जनाएका थिए। उनलाई विमानस्थलमा कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया,गोदावरीका मेयर वीरेन्द्र भट्ट,पार्टीका नेता,कार्यकर्ता तथा शुभेच्छुकले फूलमालासहित स्वागत गरेका थिए।

विष्टले त्यसक्रममा गोदावरी तीर्थ धाम पुगेर चलिरहेको बाह्र राशि कुम्भ मेलामा कुम्भ बाटिका र शिवालयमा पूजाअर्चना गर्दै चुनावी अभियानको थालनी गरेका थिए। उनले धामका गुरु तुल्छी गिरीबाट आर्शीवाद लिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ