समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

चितवन-३ मा कांग्रेसको स्थिति बलियो

  शीतलपाटीन्युज डटकम | ८ माघ २०८२, बिहीबार २१:००

सुरेश कोईराला,
चितवन। नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार टेकप्रसाद गुरुङले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यासको रूपमा चित्रित गर्दै आफू पवित्र भावना र स्वच्छ मनोभावका साथ प्रतिस्पर्धामा होमिएको बताएका छन्। मंगलबार उम्मेदवारी दर्तापछि मतदातासँगको भेटघाटका क्रममा गुरुङले लोकतान्त्रिक मूल्य-मान्यताको उच्च सम्मान गर्दै सभ्य र स्वस्थ चुनावी प्रतिस्पर्धा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे।

“म पवित्र भावका साथ चितवन-३ का जनताको सेवा गर्न आएको हुँ। मेरो मन कञ्चन छ,मेरो जीवन खुला किताबजस्तै छ। निर्वाचन प्रतिस्पर्धामा उम्मेदवारहरूबीच आरोप-प्रत्यारोप हुनु राम्रो कुरा होइन। आफ्ना एजेन्डा,योजना र दृष्टिकोणसहित जनतामाझ जानु नै लोकतान्त्रिक संस्कार हो,”उनले भने। उनले जनताको घरदैलोमै पुगेर आफ्ना नीति,योजना र विचार प्रस्तुत गर्ने स्पष्ट पारे।

गुरुङले प्रतिस्पर्धी उम्मेदवार रेनु दाहाललाई स्वयं फोन गरी सभ्य र स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गरेको जानकारी दिँदै परम्परागत गालीगलौज र नकारात्मक राजनीतिलाई अन्त्य गर्दै जनताको विश्वास जित्नु नै आफ्नो मूल लक्ष्य रहेको बताए।

आफ्नो करिब ६ दशक लामो राजनीतिक अनुभव साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित सम्बन्धहरूको सदुपयोग गर्दै चितवन क्षेत्र नम्बर ३ को समग्र विकासमा आफूलाई पूर्ण रूपमा समर्पित गर्ने उनको भनाइ छ।

त्यसैगरी उनले जेन–जी पुस्ताको भावना,अपेक्षा र आकांक्षालाई आत्मसात् गर्दै परिवर्तनको संवाहकका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

“म जेन-जी पुस्ताको सोच र चाहनाको सम्मान गर्दै अगाडि बढ्नेछु। म परिवर्तनको संवाहक बनेर जनतामाझ आएको हुँ,”उनले भने।

गुरुङले पार्टीभित्र देखिएका आन्तरिक विवादहरू अब पूर्ण रूपमा अन्त्य भइसकेको दाबी गर्दै नेपाली कांग्रेस एकताबद्ध र संगठित रूपमा चुनावी अभियानमा होमिएको स्पष्ट पारे।

यस निर्वाचन क्षेत्रमा वि.सं. २०७० मा तत्कालीन पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई र त्यसपछिको उप-निर्वाचनमा चितवन कांग्रेसका पूर्व पार्टी सभापति रामकृष्ण घिमिरेलाई मत दिई संविधानसभा सदस्यमा विजयी गराइएको इतिहास स्मरण गर्दै उनले गठबन्धनका कारण पछिल्ला वर्षहरूमा कांग्रेसका मतदाताले आफ्नै चुनाव चिह्न ‘रूख’मा मतदान गर्न नपाएको बताए।

“१२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउँदा कांग्रेसका आम कार्यकर्ता र मतदाता उत्साहित र ऊर्जावान देखिएका छन्। यही उत्साह र एकताका कारण मेरो जित सुनिश्चित छ,”उनले दाबी गरे।

यस्तै चुनावी प्रचार-प्रसारको क्रममा घरदैलो कार्यक्रममा भेटिएका नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति सुभाष घिमिरेले सम्पूर्ण कांग्रेसी कार्यकर्ता एकताबद्ध भएर अभियानमा लागेको उल्लेख गर्दै चितवन-३ कांग्रेसको परम्परागत गढ भएकाले टेकप्रसाद गुरुङ फराकिलो मतान्तरले विजयी हुने दाबी गरे।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ